३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः रियल मड्रिडको शानदार जित, लिगको शीर्ष स्थानमा पकड



अ+ अ-

बार्सिलोना । बहुचर्चित एल क्लासिकोमा रियल मड्रिड र बार्सालोनाबीच भएको खेलमा रियल मड्रिडले शानदार जित हासिल गरेको छ ।

खेलमा रियलले बार्सिलोनालाई ३–१ ले हराउन सफल भएको हो । रियलका लागि पहिलो गोल भाल्भार्डेले करिम बेन्जिमाको सहयाेगमा खेलको पाँचौं मिनेटमै गोल गरे । तर बार्सलोनाले पनि रियललाई टक्कर स्वरुप खेलको आठौं मिनेटमै अन्सु फातीको गोलमा १-१ को बराबरीमा  ल्यायो ।

यो गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । उनी अहिले १७ वर्षका मात्र छन् ।

खेल निकै नै रोमाञ्चक रुपमा अघि बढ्दै गर्दा रियलका लागि पहिलो पहेँलो कार्ड पाउने खेलाडी क्यासिमिरो भए । उनले खेलको १९ औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।  त्यसैगरी बार्साका लागि पनि खेलको २९ औं मिनेटमा लेङ्लेटले पहिलो पहेँलो कार्ड पाए । 

पहिलो हाफ दुबै क्लब १-१ को गोलमै सीमित रह्यो । ।

दोस्रो हाफमा भने ६३ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोसले पेनाल्टीलाई सदुपयोग गर्दै दोस्रो गोल गरे । त्यसपछि खेल २-१ को रोमाञ्चक मोडमा पुगेको थियो । 

त्यसैगरी खेलको ६९ औं मिनेटमा रियलका लागि पहिलो गोलकर्ता भाल्भार्डे खेलबाट बाहिर निस्के र उनको सट्टामा मैदानमा लुका मोड्रिज प्रवेश गरे ।  

यता बार्साका लागि पनि मैदानमा फाती र पेड्रिको सट्टामा ग्रिजमन र ट्रिनकाओले मैदानमा ८१ औं मिनेटमा मैदान प्रवेश गरे । खेल अझै रोमाञ्चक मोडमा पुगेको थियो । एल क्लासिकोको यो खेल हेर्नको लागि विश्वभरका फुटबल प्रेमीहरु आतुर थिए ।

खेलमा कसले जित हासिल गर्ने भन्नेबारेमा सबैले आ-आफ्नो अनुमान लगाएर खेल हेरिरहेका थिए । खेल ला लिगाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएकाे थियो । तर अन्तिम ९० औं मिनेटमा लुका मोड्रीचले गोल गर्दै बार्सिलोनामाथि ३–१ को शानदार जित दर्ता गर्न सफल भए । 

बार्सिलोनामाथि शानदार जित दर्ता गर्दै ६ खेल खेलेको रियल मड्रिड १३ अंकसहित ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

लिगको दसौं स्थानमा रहेको बार्सिलोनाले ५ खेल खेल्दै सात अंक जोडेको छ । ६ खेल खेलिसकेकाे रियलले ४ खेलमा जित हासिल गरेको छ भने एक खेलमा बराबरी र अर्को एक खेलमा भने हार बेहोरेको छ ।