१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सकिएन रविको बयान



अ+ अ-

रुपन्देही ।सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही सरकारी वकिलको कार्यालय मा आज पनि बयान जारी रह्यो ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेसँग आज बिहान सवा १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिन सुरु गरिएको थियो । लामिछानेसँग हिजो मौखिक बयान लिइएको थियो भने आज लिखित बयान लिइएको हो । साँझ ७ बजेसम्म पनि उनको बयान नसकिएपछि फेरि भोलि लिइने भएको छ ।

भोलि बयान सकेर साँझसम्म लामिछानेलाई पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।

रविले प्रतिक्रिया दिन नपाउन भनेर सञ्चारकर्मीले भिडियो खिच्न नसक्नेगरी छेकिएको थियो । उनलाई बयान कक्षबाट निकाल्दै गर्दा समर्थकहरुले सरकारी वकिलको कार्यालयअघि नाराबाजी गरेका थिए ।

लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखिएको छ ।