२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी दुर्घटना गरेर प्रकाश भुजेल फरार



अ+ अ-

काठमाडौँ । धर्म गुरु भनेर चिनाउने ‘भाइरल झाँक्री’ प्रकाश भुजेल गाडी दुर्घटना गरेर फरार भएका छन् ।

साँखुमा प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र सञ्चालन गरेका सामाजिक सञ्जालमा भाइरल भुजेलको गाडीले शंखरापुर इन्द्रायणीमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

शंखरापुर–९ इन्द्रायणीमा उनको गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको र त्यसलगत्तै भुजेल गाडी छाडेर फरार भएको बताइएको छ ।

मोटरसाइकल र स्कुटर ठोक्किएपछि जोगाउन खोज्दा भुजेलले चलाएको गाडी अनियन्त्रित भएर घरभित्र पसेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको र घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार भएका भुजेलको खोजी गरिरहेको जनाएको छ ।




भर्खरै