२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी दुर्घटना गरेर प्रकाश भुजेल फरार



अ+ अ-

काठमाडौँ । धर्म गुरु भनेर चिनाउने ‘भाइरल झाँक्री’ प्रकाश भुजेल गाडी दुर्घटना गरेर फरार भएका छन् ।

साँखुमा प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र सञ्चालन गरेका सामाजिक सञ्जालमा भाइरल भुजेलको गाडीले शंखरापुर इन्द्रायणीमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

शंखरापुर–९ इन्द्रायणीमा उनको गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको र त्यसलगत्तै भुजेल गाडी छाडेर फरार भएको बताइएको छ ।

मोटरसाइकल र स्कुटर ठोक्किएपछि जोगाउन खोज्दा भुजेलले चलाएको गाडी अनियन्त्रित भएर घरभित्र पसेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको र घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार भएका भुजेलको खोजी गरिरहेको जनाएको छ ।