२९ पुष २०८१, सोमबार
,
Latest
बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ: प्रधानमन्त्री ओली लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छ: पूर्वअर्थमन्त्री महत त्रिभुवन विश्वविद्यालयको २४ क्याम्पसमा प्रमुख नियुक्त संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह मनाङमा पहिलो हिमपात भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु, दुई प्रहरी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आउदै



अ+ अ-

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउदै हुनुहुन्छ । जनरल द्विवेदीले मंसिर ०५ गतेबाट मंसिर ०९ गतेसम्म नेपाल भ्रमण गर्नुहुने सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति अशोक राज सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

निर्देशनालयका अनुसार भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेना बिचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ०६ गते एक विशेष समारोहका बिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

साथै, वहाँले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।