२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

सर्वसाधारणले यसरी लगाए खुलामञ्चमा दशैंको टीका, हेरौ यी तस्विर

सर्वसाधारणले यसरी लगाए खुलामञ्चमा दशैंको टीका, हेरौ यी तस्विर
अ अ+ अ-

काठमाडौं । लक डाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीक लगाइदिएको छ । 

गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दशैंको अवशरमा सर्वसाधारणलाई टीका लगाएको हो । खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दशैंको अवशर पारेर टीका लगाइदिएको हो । लक डाउन सुरु भएदेखि बाटोमा खाना खवाइरहेको हाम्रो टीमले दशैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर हाम्रो टीमले सरकारको कमि पुरा गरेको सर्वसाधारणले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टीम लगायका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाई छ । हाम्रो टीम लगायतका संस्थाहरुको पहलले ओली सरकारलाई झापड हानेको सर्वसाधारण भनाई छ ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताउनुभयो । कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उहाँले बताउनुभयो ।

आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्षहरु जस्तो हर्सोल्लास छैन् । विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ । उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ ।