१४ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइयो



file photo
अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ । बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न उनलाई पोखराबाट भैरहवा पठाइएको हो ।

बिहान पौने ८ को उडान भएपनि भैरहवामा भिजिविलिटी नभएकोले लामिछाने सवार विमाज उडान भर्न सकेको थिएन ।

भैरहवामा मौसम सुधार भएको भन्दै १०स्२९ बजे जहाजमा राखिएपनि साढे ११ बजेसम्म भैरहवामा कमजोर भिजिविलिटीका कारण जहाज उड्न सकेको थिएन ।

मौसम खुलेसँगै लामिछानेलाई भैरहवा लगिएको हो । रुपन्देहीमा लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध जहाजस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले विभिन्न स्थानमा प्रदर्शन गरिरहेको छ । अर्कोतर्फ सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शन गर्दैछन् ।