२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइयो



file photo
अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ । बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न उनलाई पोखराबाट भैरहवा पठाइएको हो ।

बिहान पौने ८ को उडान भएपनि भैरहवामा भिजिविलिटी नभएकोले लामिछाने सवार विमाज उडान भर्न सकेको थिएन ।

भैरहवामा मौसम सुधार भएको भन्दै १०स्२९ बजे जहाजमा राखिएपनि साढे ११ बजेसम्म भैरहवामा कमजोर भिजिविलिटीका कारण जहाज उड्न सकेको थिएन ।

मौसम खुलेसँगै लामिछानेलाई भैरहवा लगिएको हो । रुपन्देहीमा लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध जहाजस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले विभिन्न स्थानमा प्रदर्शन गरिरहेको छ । अर्कोतर्फ सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शन गर्दैछन् ।