२४ असार २०८३, बुधबार
,
Latest
वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालबाट ३२ वटा स्टल रहने



अ+ अ-

काठमाडौँ । चीनको ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुले सहभागिता जनाउने भएको छन् ।

आईतवार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका हुन् ।

मेलामा नेपालले ३२ वटा स्टल राख्ने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताउनु भयो । उहाँले नेपालको तर्फबाट ३२ वटा स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको जानकारी दिनुभयो । उहाँले यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुनुका साथै बजारीकरणका लागि सहज हुने बताउनु भयो । उहाँले नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अन्तर्राष्ट्रिय सिस्मे फेयरमा जान लागेका छौँ । यो चीन सरकारले हामीलाई सहयोग स्वरुप उपलब्ध गराइदिनुभएको स्टल हो । हामीले ३२ वटा स्टल लिएर जाँदैछौँ । ३६ जना सहभागी छौँ । नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु लिएर हामी जाँदैछौँ । यस्तो कार्यक्रममा संस्था सहभागी हुँदा सहुलियत दिन आग्रह गर्छु । सामान लैजाँदा र उताबाट स्टक भयो भने त्यसका सहुलियत दिनुपर्छ । त्यसो गर्नाले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा जान्छ । त्यसले नेपालको शान बढ्छ । यसले नेपाल र चीनको सम्बन्धलाई अझ गाढा बनाउँछ ।’

अन्तर्राष्ट्रियस्तरका मेलाहरुले नेपालमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न र अन्तर्राष्ट्रिय बजारमा पुयाउन सहयोग पुग्ने बताउनु भयो । मेला कार्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।