४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पाकिस्तानमा विस्फोट : सातको मृत्यु, ११२ घाइते

पाकिस्तानमा विस्फोट : सातको मृत्यु, ११२ घाइते
अ+ अ-

काठमाडौं । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मङ्गलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका छन् ।  

स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ । 

घटनास्थलमा शङ्कास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान शुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिनुभयो । 

विस्फोटनका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् । दृश्यमा घटनास्थल रगताम्य भएको पनि देखिएको समाचारमा जनाइएको छ । 

विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालका अधिकारीहरुको मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । 

घटनामा परी केही शिक्षक र कर्मचारीसमेत घाइते भएको पाइएको छ । घाइते भएका विद्यार्थी अधिकांश २५ वर्षको हाराहारीका रहेका छन् । घाइते भएकामध्ये केही विद्यार्थी अफगानीसमेत रहेको जनाइएको छ । 

घटनालगत्तै अहिले अस्पतालमा घाइतेका आफन्त र शुभेच्छुकहरुको भीड लागेको छ । उनीहरुले घाइतेहरुको अवस्थाका बारेमा जानकारी माग्ने गरेको र भेट्न खोजेको चिकित्कसहरुले बताएका छन् । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।