७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका मनाङे काठमाडौंको सानो भर्‍याङबाट पक्राउ परेका हुन् । मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको छ ।

दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबार प्रहार गरेका थिए । सो घटनामा सर्वोच्चले दोषी ठहर गर्दै उनलाई ५ वर्ष जेल सजाय सुनाएको छ ।

गुरुङलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिने जनाईएको छ ।