४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रिपब्लीकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखमाथि सोधपुछ गर्ने

रिपब्लीकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखमाथि सोधपुछ गर्ने
अ+ अ-

वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टी आबद्ध सिनेटरहरुले ट्वीटर, फेसबुक र गूगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन् । 

सिनेटको व्यापार समितिले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डर्सी, फेसबुकका मार्क जुकरबर्ग र गूगलका सुन्दर पिचाईलाई बयानका लागि बुधबार समितिको बैठकमा डाकेको छ । अदालतबाट आदेश पूर्जी जारी गर्न सक्ने धम्की दिइएपछि उनीहरु तीनै जना भर्चुअल बैठकमा उपस्थित हुन मञ्जुर भएका थिए । 

यसै महिना फेसबुक र ट्वीटरले दक्षिणपन्थी झुकाव राख्ने न्यूयोर्क पोष्ट अखबारले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनका सम्बन्धमा प्रकाशित समाचारलाई फेसबुक र ट्वीटरले आफ्ना प्लेटफर्ममा राख्न नदिए पछि त्यसको रिपब्लीकन पार्टीले विरोध गरेको थियो । 

न्यूयोर्क पोष्टले छापेको समाचारलाई अमेरिकाका अरु प्रमुख संचारमाध्यमले प्रकाशन नगरेको तथा बाइडेनका छोरा हन्टरले पठाएका भनिएका इमेलहरु पुष्टी नभएको ट्वीटर र फेसबुकले जनाएका छन् । यी इमेलहरु रिपब्लीकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रकाशन गर्न लगाएको र ती पूर्वाग्रही रहेको बताइएको छ । 

प्रमुख कार्यकारीहरुसँग प्रश्न गर्नुका अलावा सिनेटरहरुले अनलाइन माध्यममा अभिव्यक्तिको कानुनी संरक्षणका बारेमा पनि सोधपुछ गर्नेछन् । अभिव्यक्ति स्वतन्त्रता र सञ्चार माध्यमले प्राप्त गरिरहेको संरक्षण हालसम्म अनलाइन, सामाजिक सञ्जालजस्ता प्लेटफर्मले पनि प्रयोग गरिरहेका छन् । 

अमेरिकी न्याय विभागले प्लेटफर्मले प्राप्त गरिरहेका कतिपय संरक्षणहरु हटाउन अमेरिकी तल्लो सदन कंग्रेस समक्ष अनुरोध गरिसकेको छ । राष्ट्रपति ट्रम्पले सन् १९९६ को सञ्चार कानुन अन्तर्गत यस्तो संरक्षणको हकलाई चुनौती दिँदै एउटा कार्यकारी आदेशमा यसअघि नै हस्ताक्षर गरिसक्नु भएको छ । 

सिनेटको बाणिज्य समितिका अध्यक्ष सिनेटर रोजर विकरले लामो समयदेखि सामाजिक सञ्जालका प्रविधि प्लेटफर्मले आफूखुशी वा आफूलाई मन नपरेका व्यक्तिले पोष्ट गरेका सामग्रीलाई सेन्सर गर्ने गरेको बताउनुभयो । 

अमेरिकी राष्ट्रपतिको चुनावअघि राष्ट्रपति ट्रम्प र उहाँका समर्थकका विवादास्पद एवं झुठा सामग्रीलाई फेसबुक, ट्वीटर र गूगलले हटाउने, रोक्ने वा सेन्सर गर्ने गरेका छन् । ट्रम्प र उहाँका समर्थकको विचारमा यी प्रमुख सामाजिक सञ्जालले डेमोक्रेटिक पार्टी र यसका उम्मेदवार जो बाइडेनलाई समर्थन गरेको आरोप लगाइरहेका छन् ।