१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी?

निजी विद्यालयका संगठनहरुको आरोपः जनकपुर उपमहानगरपालिकाले गरेको छात्रवृत्ति सम्झौता षड्यन्त्रपूर्ण

निजी विद्यालयका संगठनहरुको आरोपः जनकपुर उपमहानगरपालिकाले गरेको छात्रवृत्ति सम्झौता षड्यन्त्रपूर्ण
अ अ+ अ-

काठमाडौँ । निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धि सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन् ।

निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पार्टीको भ्रातृ संगठनको दबाबमा आइ छात्रवृत्ति सम्बन्धि उपमहानगरले गरेको निर्णयबाट षड्यन्त्रको गन्ध आइरहेको आरोप लगाए । हिसानका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जनकपुरधामको शैक्षिक संस्था तथा शिक्षा स्तरलाई कमजोर पार्न उपमहानगर र नेविसंघ बीच भएको सम्झौता आफूहरुलाई मान्य नरहेको बताउनु भयो ।

आफूहरु उपमहानगरको निर्णय मान्न तयार हुँदाहुँदै पनि उपमहानगरले आफूहरुसँग कुनै छलफल नै नगरी आफ्नै निर्णय पल्टाउनु आपत्तिजनक रहेको भन्दै ठाकुरले आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कक्षा ११ र १२ का विद्यार्थीहरु छात्रवृत्ति सम्बन्धमा शैक्षिक सत्र २०८१/०८२ मा उपमहानगरसंग छलफल गरेरै २०७४ को ऐनअनुसार नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु लिन सकिने र पछि अनुगमन गर्ने सहमति नै भए अनुसार मिति २०८१/०५/१४ गते उपमहानगरपालिकाले नामावलीसहित पत्राचार गरेको र सोही अनुसार गर्दै आएपनि नेपाल विद्यार्थी संघ धनुषाको दवाबमा पुनः मिति २०८१/०७/१४ गते फरक किसिमको निर्णय गर्नु आपत्तिजनक विषय हो ।’

ठाकुरले नेविसंघले चलाएको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान जनकपुरधामबाहेकका शहरमा किन नचलाइएको भन्दै प्रश्न गर्नुभयो ।
मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले छात्रवृत्ति वितरण कार्यविधि, २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरकफरक निर्णय गर्नु लज्जास्पद रहेको बताउनु भयो । उहाँले उपमहानगरले सबै पक्षसँग छलफल गरेर आफ्नै कार्यविधि बनाउनुपर्ने माग समेत गर्नुभयो । उपमहानगरले सबै पक्षसँग छलफल गरी बनाएको कार्यविधिलाई टेकेर अगाडी बढ्न हामी तयार रहेको उहाँको भनाई थियो । तर जनकपुरधामको शैक्षिक गुणस्तर बढिरहेको समयमा यहाँका शैक्षिक संस्थालाई धाराशायी बनाउने गरी गरिएको निर्णय आफूहरु मान्न तयार नरहेको उहाँको भनाई थियो । एनप्याब्सन जनकपुर उपमहानगरपालिकाका इकाईका अध्यक्ष दीपककुमार ठाकुरले समयमा आफूहरुका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

यता निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरले पुरानै निर्णयअनुसार शुल्क निर्धारण नगरे सम्पूर्ण निजी विद्यालयहरु अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी समेत दिएका छन् । निजी विद्यालयका संगठनहरुले पुरानै निर्णयअनुसार उपमहानगरले शुल्क निर्धारण नगरे निजी विद्यालयहरुमा पठनपाठन अनिश्चिकालकालागि ठप्प पार्ने चेतावनी दिएको हो ।