२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्न क्यान इच्छुक



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएको छ ।

प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गदैक्यानका सचिव पारस खड्काले यस्तो बताएका हुन् ।

एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्ने बताउँदै यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्नसक्ने जानकारी दिए ।

उनले भने, ‘हाम्रो इच्छा भनेको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान गर्न सकिन्छ ।’

खड्काका अनुसार फ्लड लाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको क्यानको आंकलन छ । क्यानको आयोजनामा पहिलो संकरणको एनपीएल मंसिर १५ देखि ६ पुससम्म हुँदैछ ।

सरकारले त्रिवि मैदानमा फ्लडलाइट जडान गर्ने निर्णय गरिसकेको छ ।