७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टी–२० मा भारत दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर १२५ रनको लक्ष्य पुरा गरेको थियो ।

ट्रिस्टन स्टब्सले ४७ रनको अविजित इनिङ्स खेले । कम स्कोर भएको यो खेलमा उनी सर्वाधिक रन बनाउने खेलाडी बने ।

कुनै बेला अफ्रिकी टोली ८६ रनको स्कोरमा ७ विकेट गुमाएर संघर्ष गरिरहेको थियो । पिचले स्पिनरहरूलाई सहयोग गरिरहेको थियो र वरुण चक्रवर्तीले ५ विकेट लिएका थिए ।

यसका बाबजुद पनि कप्तान सुर्यकुमार यादवले फास्ट बलरहरुसँग डेथ ओभर बलिङ गर्ने निर्णय गरे ।

यो निर्णय टोलीका लागि महँगो साबित भयो र स्टब्स र जेरार्ड कुटीज (९ बलमा १९ रन)ले ८ औं विकेटका लागि २० बलमा ४२ रनको अविजित साझेदारी गरे । यहाँ भारतीय स्पिनर अक्षर पटेलको तीन ओभर बाँकी नै थियो ।

दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १–१ ले बराबरी भएको छ । यस अघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुनेछ ।