२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै मुम्बई इन्डियन्स प्लेअफ नजिक



अ+ अ-

अबुधाबी । सूर्यकुमार यादवको ७९ रनबाट प्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५ विकेटले पराजित गरी प्लेअफमा स्थान लगभग पक्का गरेको छ ।

राम्रो सुरुआत गरे पनि टस हारेपछि ब्याटिङमा आएको बेंग्लोरले अबुधाबी स्थित शेख जायेद रंगशालामा १६४–४ को स्कोरमात्र बनाउन सकेको थियो । ४३ बल खेलेका यादवले १० चौका र ३ छक्का प्रहार गरेपछि मुम्बईले ५ बल अगाडि नै लक्ष्य पूरा गर्‍यो ।

१२ खेलमा आठौं विजय हात पारेसँगै मुम्बईले प्लेअफमा स्थान बलियो पनि भएको छ । मुम्बई हाल शीर्ष स्थानमा रहेको छ । शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ । त्यसमा पहिलो दुई स्थानमा रहने टोलीले क्वालिफायर १ मा खेल्ने छ र विजेता टोली फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले तेस्रो र चौथो बीचको विजेतासँग फाइनलमा स्थान पाउन खेल्ने छ ।

बेंग्लोर र दिल्ली क्यापिटल्सको समान १४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । किंग्स इलेभेन पञ्जाब, कोलकाता नाइट राइडर्स समान १२ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा तथा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स समान १० अंकसहित छैटौं र सातौं स्थानमा छ । आठ अंकसहित पुछारमा रहेको चेन्नई सुपर किंग्स प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

क्विन्टन डी कक १८, इशान किसन २५ रनमा आउट भएपछि यादवले जमेर खेलेका थिए । सौरभ तिवारी ५, क्रुनाल पान्ड्या १०, हार्दिक पाण्ड्या १७ रनमा आउट भए । रोहित शर्मा घाइते भएपछि पछिल्ला खेलहरूमा कप्तानी गर्दै आएका किइरन पोलार्डले आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेपछि मुम्बईलाई अन्तिम ओभरमा जितका लागि ३ रन चाहिन्थ्यो । म्यान अफ द म्याच यादवले अन्तिम ओभरको पहिलो बलमै चौका प्रहार गरे ।

यसअघि बेंग्लोरबाट ओपनर देवदत्त पाडिक्कलले ७४ रन बनाएका थिए । उनले ४५ बल खेली १२ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर जोस फिलिप्सले २४ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाए ।

कप्तान विराट कोहली ९, एबी डी भिलियर्स १५, शिवम दुबे २, क्रिस मोरिस ४ रनमा आउट भएका थिए । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए ।