११ फाल्गुन २०८१, आईतवार
February 23, 2025 Sunday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.44

Wind: 1.54

Humidity: 76

Latest
सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक : महासचिव पोखरेल माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा प्रधानाध्यापकहरुसँग प्रमुख र उपप्रमुखको अन्तरक्रियात्मक संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड : समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन



_cuva
अ+ अ-

कास्की : नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन् ।

यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला तथा पुरुष दुवैतर्फ चिनियाँ धावक विजेता भएका सफल भए ।

समूगत स्पर्धामा नेपालका सुशीलकुमार शाही, सिर्जना पौडल र श्रीकाश राई सम्मिलित टोलीले रनिङ, साइक्लिङ र रोइङसहितको निर्धारित ५० किमी दूरी ४ घण्टा २० मिनेट १४ सेकेण्डमा पार गरी उपाधि जितेको हो ।

नेपाली सेनाका करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा दौड पूरा गरी उपविजेता बने ।

यसैगरी सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल, निरज भट्ट र पुष्पा भण्डारीको टोलीले ४ घण्टा २३ मिनेट आठ सेकेण्डमा दौड पूरा गरी तृतीय भएको छ ।

_cuva

प्रतियोगिताको समूगत स्पर्धातर्फका बिजेताले रु चार लाख ५८ हजार चार सय, उपविजेताले रु तीन लाख ४३ हजार आठ सय र तृतीयले रु दुई लाख २९ हजार दुई सय पुरस्कार पाए ।

यसैगरी ‘व्यक्तिगत स्पर्धा’ मा पुरुषतर्फ चीनका धावक एङ ज्याङ जेनले निर्धारित ५० किमी दौड ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरी विजेता भए ।

नेपाली धावक कुलबहादुर बस्नेतले तीन घण्टा ४८ मिनेट दुई सेकेण्डमा दूरी पार गरी द्वितीय भए । नेपालकै होमलाल श्रेष्ठले ३ घण्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी तृतीय बन्नुभयो ।

महिलातर्फ चीनका झेङ वाङ रोङले ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी उपाधि जिते । नेपाली धाविका जुम्लाका कल्पना बुढा उपविजेता बने । उनले निर्धारित दूरी ४ घण्टा ५० मिनेटमा पार गरिन् । नेपाल प्रहरीका राम माया बुढाले ५ घण्टा आठ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तृतीय भइन् ।

‘व्यक्तिगत स्पर्धा’ दौडतर्फको पुरुष तथा महिला दुवैतर्फको विजेताले रु एक लाख ५२ हजार आठ सय, उपविजेताहरूले रु एक लाख १४ हजार छ सय र तृतीय हुने दुवै तर्फकाले रु ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चीनतर्फका चार समूह तथा व्यक्तिगततर्फ नेपाली महिला तथा पुरुष ८७ चीन तर्फका २९ जनाले प्रतिस्पर्धा गरेको हिमालय टुरिजम फोरमका मिडिया संयोजक इन्जिरियन प्रतीकराज पहारीले जानकारी दिनुभयो ।
–––