२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुनडाल्कमाथि आर्सनलको सहज जित



अ+ अ-

काठमाडौं । युरोपा लिगमा आर्सनलले डुनडाल्कमाथि ३–० को सहज जित निकालेको छ । समूह बीमा रहेको आर्सनलको लगातार दोस्रो जीत हो ।

खेलमा ४१ औँ मिनेटमा एडी निकेताहले आर्सनललाई अग्रता दिलाए भने जो विलकले लगत्तै दोस्रो गोल थपे । दोस्रो हाफको शुरुवातमा नै निकोलास पेपेले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।