४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

चलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’, नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने

चलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’, नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने
अ+ अ-

काठमाडौं जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ ।

निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ गते (आगामी सोमबार) बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा हुने जनाएको छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारहरूले आफ्नो अभिनय कौशल देखाउन छोटो मोनोलग वा कुनै दृश्य प्रस्तुत गर्नुपर्ने  निर्देशक अरुण लामाले बताए । यसको लागि १८ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष कलाकारहरूले कम्तीमा २ मिनेट लामो दृश्य प्रत्यक्ष प्रस्तुत गर्नुपर्नेछ । अडिसनबारे प्रत्यक्ष जानकारी लिन चाहेमा gsevenproductions35@gmail.com मा इमेल वा फोन नम्बरहरू ९८४००१६६४०, ९८४७९४२९१५  र ९८४५८९२७३४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

निर्देशक लामाले चलचित्र क्षेत्रको सपना देख्ने र अभिनयको उत्साह भएकाहरूका लागि यो एक महत्त्वपूर्ण मौका हुने जनाए । लामाले निर्देशन गर्ने यो पहिलो फिचर चलचित्र हो । उनले यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्रहरूमा आफ्नो कुशलता देखाइसकेका छन् । चलचित्रको कथा एक सङ्घर्षशील युवाको जीवनमा आधारित छ, जसले आफ्नो परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न जोखिमपूर्ण निर्णय लिन्छ । हाँसो, त्रास, र सङ्घर्षलाई रोचक ढङ्गले प्रस्तुत गर्ने यो चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहनेछ । प्रमुख अभिनेत्री भने छनोट हुन बाँकी छ ।

चलचित्रको कथा लेखक स्वयं अरुण लामाले लेखेका हुन् भने मनोज पण्डितले स्क्रिप्टलाई थप प्रभावकारी बनाउन डक्टरिङ गरेका छन् ।  यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामाले सम्हाल्नेछन् भने एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष २०२५ मा सिनेमा हलमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।