१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतलाई लिएर सलमानलाई धम्की !



अ+ अ-

एजेन्सी । अहिले बलिउड अभिनेता सलमान खानलाई एउटा गीतलाई लिएर धम्की दिइएको छ । यो धम्की बिहीबार राति एक सन्देश मार्फत मुम्बई पुलिस कन्ट्रोल रुममा पठाइएको थियो ।

रिपोर्टका अनुसार ७ नोभेम्बरमा कन्ट्रोल रुममा म्यासेज आयो । सन्देश पठाउने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा चिनाएको थियो ।

उनले धम्कीमा एउटा गीत उल्लेख गरेका छन्, जसमा सलमान खान र लरेन्सको नाम जोडिएको छ ।

धम्कीमा लेखिएको छ – ‘लेखकले अब गीत लेख्न सक्नेछैनन् । एक महिनाभित्र कारबाही हुन्छ । सलमानमा हिम्मत छ भने बचाउ ।’

पछिल्लो एक हप्तामा सलमान खानलाई तेस्रो पटक धम्की आएको हो । मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।