३१ जेष्ठ २०८३, आईतवार
,
Latest
कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इच्छा मृत्यु’ को पक्षमा न्युजिल्याण्ड, ६५.२ प्रतिशतभन्दा बढी मतदाता पक्षमा



अ+ अ-

न्युजिल्याण्ड । न्युजिल्याण्डले ‘इच्छा मृत्यु’ को पक्षमा मतदान गरेको छ । यो महिना भएको आम निर्वाचनका दौरान गरिएको जनमत संग्रहमा सो नतिजा देखिएको देशको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको हो । न्युजिल्याण्डका जनतालाई इच्छा मृत्युसम्बन्धी ‘इन्ड अफ लाइफ च्वाइस बिल’ नामक कानुनको पक्ष वा विपक्षमा मतदान गर्न भनिएको थियो । यसले दीर्घकालिन र गम्भीर बिरामी भएकालाई उनीहरुको इच्छाअनुसार मर्न सहयता गर्न दिनेछ । प्रारम्भिक नतिजाअनुसार ६५।२ प्रतिशतभन्दा बढी मतदाताले यस कानुनको पक्षमा मतदान गरेका छन् । झण्डै ५ लाख मत अझै गन्न बाँकी रहेको छ । यसको अन्तिम नतिजा नोभेम्बर ६ मा जारी गरिनेछ ।

यदी अन्तिम नतिजा पनि यस्तै आए न्युजिल्याण्ड नेदरल्याण्ड र क्यानडापछि पछि इच्छा मृत्युलाई वैधानिकता दिने राष्ट्र बन्नेछ । प्रधानमन्त्री जसिन्डा आड्र्रेन इच्छा मृत्यु र रमाइलोका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिने पक्षमा छिन्। यद्यपि, गाँजाको प्रयोगको विषयमा भने ५३.१ प्रतिशत जनता विपक्षमा उभिएको देखिएको छ ।

अलजजिरा