२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले काठमाडौंबाट चार वटै सीटमा उम्मेदवारको टुंगो लगायो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले अगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा काठमाडौंबाट चार वटै सीटमा उम्मेदवारको टुंगो लगाएको छ ।

आज बसेको जिल्ला कमिटी बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिए ।

बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस पोखरेलले बताए ।

त्यस्तै, कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन, कीर्तिपुर वडा नम्बर ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।जिल्ला कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत सिफारिस गरेको छ ।