४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

कन्नड फिल्म निर्देशक गुरुप्रसादले आत्महत्या गरे

कन्नड फिल्म निर्देशक गुरुप्रसादले आत्महत्या गरे
अ+ अ-

एजेन्सी । कन्नड फिल्म निर्देशक गुरुप्रसादको निधन भएको छ । प्रहरीले उनको बेंगलुरुस्थित अपार्टमेन्टमा सडेको अवस्थामा शव फेला पारेको छ ।

रिपोर्टका अनुसार गुरुप्रसादले केही दिन अघि आत्महत्या गरेका थिए । उनी आर्थिक संकटसँग जुधिरहेका थिए ।

एसियानेट न्युजका अनुसार गुरुप्रसादको घरबाट छिमेकीले दुर्गन्ध आइरहेको थियो । यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीले गुरुप्रसादलाई पंखामा झुण्डिएको अवस्थामा फेला पारेको थियो । उनले केही दिनअघि आत्महत्या गरेको खुलासा भएको थियो ।

जानकारीका अनुसार फिल्म निर्देशक गुरुप्रसादमाथि धेरै ऋण थियो । ऋणीहरुले उनलाई दबाब दिइरहेका थिए । उनीविरुद्ध अदालतमा पनि धेरै मुद्दा चलिरहेका थिए ।

हालै उनको फिल्म रंगनायक फ्लप भयो, जसका कारण उनी डिप्रेसनमा गए । यी सबैबाट दिक्क भएर गुरुप्रसादले आत्महत्या गरेको बताइएको छ ।

गुरुप्रसादको जन्म २ नोभेम्बर १९७२ मा बेंगलुरुमा भएको थियो । उनले सन् २००६ मा फिल्म माताबाट निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म बक्स अफिसमा हिट साबित भयो । त्यसपछि उनले निर्देशन गरेको फिल्म ‘अदेलु मञ्जुनाथ’ पनि हिट भयो ।

निर्देशनका अलावा उनले धेरै चलचित्रमा अभिनय पनि गरेका छन् । धेरै रियालिटी शोमा जजको रुपमा पनि काम गरे । गुरुप्रसादले २०१४ मा बिग बोस कन्नडको दोस्रो सिजनमा वाइल्ड कार्ड प्रतियोगिका रूपमा प्रवेश गरेका थिए । यतिबेला उनी फिल्म अदेयमीको सुटिङमा व्यस्त थिउ ।