५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हरायो, एकदिवसीय सिरिजमा १–० को अग्रता



अ+ अ-

काठमाडौँ । पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । योसँगै टोलीले ३ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

सोमबार मेलबर्नमा भएको पहिलो खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पाकिस्तानी टोली ४६.४ ओभरमा २०३ रनमा सिमित भयो । जवाफमा कङ्गारु टोलीले ३३.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए । योसँगै कप्तान प्याट कमिन्सले २ विकेट लिए भने अविजित ३२ रन बनाए ।

दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल नोभेम्बर ८ मा एडिलेडमा हुनेछ । अष्ट्रेलिया भ्रमणमा पाकिस्तानले तीन खेलको टी–२० सिरिज पनि खेल्नेछ ।