९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनमा सय चुरोट पिउने शाहरुख खानले धुमपान छोडे



अ+ अ-

एजेन्सी । बलिउडका बादशाह शाहरुख खान वर्षौंदेखि चेन स्मोकर हुन् । शाहरुख आफैले एक अन्तर्वार्तामा आफू दिनमा १०० चुरोट पिउने गरेको बताएका थिए ।

तर, अब वर्षौंपछि उनले चुरोट छोड्ने निर्णय गरेका छन् । हालै आफ्नो ५९ औं जन्मदिनको विशेष अवसरमा एक कार्यक्रममा सहभागी भएका शाहरुखले फ्यानसँग कुरा गर्दै आफूले चुरोट छोडेको बताए ।

तर, यसका कारण उनी केही स्वास्थ्य समस्या झेलिरहेका छन् । गत शनिबार शाहरुख खान आफ्नो जन्मदिनमा बान्द्राको रंगमन्दिर अडिटोरियममा आयोजित कार्यक्रममा सहभागी भए ।

यही क्रममा उनले स्टेजमा भने, ‘अर्को राम्रो कुरा छ साथीहरू । अब म चुरोट पिउँदिन । शाहरुखको यो कुरा सुनेर प्रेक्षागृहमा रहेका फ्यानहरुको खुसीको सीमा नै रहेन ।

शाहरुखले चुरोट छोडेपछि सास फेर्न समस्या नहोला भन्ने लागेको थियो तर त्यस्तो होइन । उनले भने, ‘मलाई सास फेर्न समस्या नहोला भन्ने लागेको थियो तर अहिले पनि महसुस गरिरहेको छु ।’ केही वर्षअघि शाहरुखले आफ्ना सन्तान आर्यन, सुहाना र अबरामका लागि चुरोट छोड्न चाहेको बताएका थिए ।