८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

दसैँको चहलपहल ट्रयाकिङ गर्दा देशभरका ४७ स्थानीय तह कोरोनाको उच्च जोखिममा

दसैँको चहलपहल ट्रयाकिङ गर्दा देशभरका ४७ स्थानीय तह कोरोनाको उच्च जोखिममा
अ+ अ-

काठमाडौं । दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ ।

सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको हो । 

सिसिएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन । स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो । ‘दसैँमा त्यहाँ गएकालाई पनि फैलाउने र अन्तबाट आएकाहरूले पनि फैलने देखिएको छ,’ उनले भने । यी स्थानीय तह बढी जनसंख्या भएका क्षेत्र हुन् । 

जनसंख्या कम भएको ठाउँमा सीमित व्यक्तिलाई मात्रै सर्ने सम्भावना भए पनि बढी जनसंख्या भएको ठाउँमा कसले कसलाई भेट्यो भन्ने थाहा नहुने चिकित्सकहरू बताउँछन् । अहिले काठमाडौंमा दैनिक केस बढ्नुको प्रमुख कारण पनि कसले कसलाई भेट्यो भनेर पत्ता लगाउन नसक्नु नै भएको चिकित्सकको भनाइ छ । 

डा.अधिकारीले काठमाडौं मात्रै नभएर बाहिरका हटस्पट भनेर सूचीकृत भएका ४७ ठाउँका नागरिकले विशेष ख्याल गर्नुपर्ने भएको बताए । ‘काठमाडौंजत्तिको सेवा–सुविधा ती क्षेत्रमा छैन, कोभिड संक्रमण काठमाडौंकै अनुपातमा बढ्ने देखिएको छ । त्यसैले स्वास्थ्यका मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आवश्यक छ,’ अधिकारीले भने ।

एक लाख ७० हजार नाघे संक्रमित

देशभर कोरोना भाइरस संक्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ । उनीहरूमध्ये एक लाख ३१ हजार दुई सय २२ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । हाल देशभर ३८ हजार पाँच सय ८४ जना सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घन्टामा नौ हजार दुई सय ७९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा दुई हजार पाँच सय आठजनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, संक्रमणबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ सय ३७ पुगेको छ । 

कोरोना हेर्ने महाशाखाहरूको जिम्मेवारी खोसियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमातहत कोभिड– १९ हेर्ने जिम्मा पाएका महाशाखा तथा शाखाहरूको अधिकार खोसेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत अन्य क्षेत्रले गर्दै आएको काम अब मन्त्रालय आफैँले गर्ने भएको छ ।

काठमाडौंलगायत देशभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा जिम्मेवार निकायले काम गर्न नसकेको निष्कर्ष निकाल्दै स्वास्थ्य मन्त्रालयल आफैँले कोभिडको काम गर्ने भएको हो । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आइतबार यसको निर्णय हुनेछ । कोभिड हेर्ने जिम्मेवारी मन्त्रालयका १२औँ तहका विशेषज्ञलाई दिइनेछ । मन्त्रालयमा तीनजना १२औँ तह ९प्रमुख विशेषज्ञ०को पद छ । उनीहरूलाई क्षेत्रगत रूपमा कार्यविभाजन गरी जिम्मेवारी तोकिने भएको छ । यसअघि कोभिडको काम गर्दै आएका निकायले भने विगतमा आफूले गरेका काम नियमित गर्ने भएका छन् । नयाँ पत्रिकामा समाचार छ ।