१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेड र चेल्सीले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा पहिलो हाफमा कुनै गोल भएको थिएन । ७० औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७४ औं मिनेटमा मोइसेस साइसेडोले गोल फर्काउँदै चेल्सीलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल भएन र दुबै टोलीले अंक बाँडे ।

बराबरीसँगै चेल्सी १० खेलबाट १८ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने युनाइटेड १२ अंकका साथ १३ औं स्थानमा छ ।