२१ कार्तिक २०८१, बुधबार
,
Latest
रविलाई हिरासत बाहिर नै राखेर अनुसन्धान गर्न रास्वपाको पुन: माग आईपीएलको मेगा अक्सन साउदी अरबमा हुने, यी खेलाडीहरु बिक्न सक्छन् करोडौं मूल्यमा उपनिर्वाचनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर ट्रम्प विजयबाट मात्र ४० सिट टाढाः पछिल्लो १० राज्यमा मतगणना जारी भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम कार्तिक आर्यनले भने– म सिंगल छु अमेरिकामा राष्ट्रपति चुनावः ५० मध्ये ४० राज्यको नतिजामा ट्रम्प अगाडी, बहुमतबाट ४० सिट टाढा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ ।

राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो । उहाँहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।रासस