३ भाद्र २०८३, बुधबार
,
Latest
जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरी ‘ए’ मा इन्टर मिलान र पार्मा बराबरीमा रोकियो



अ+ अ-

मिलान । इन्टर मिलानले दुई गोलले पछाडि रहेको स्थितिबाट इटालीको सिरी ‘ए’ मा शनिबार पार्मालाई २–२ को बराबरीमा रोक्न सफल रह्यो । पाहुना टिम पार्माले जेरभिन्होको दुई गोलले सुरुवाती अग्रता लिएको थियो ।

त्यसयता मार्सेलो ब्रोजोभिचले इन्टरका लागि पहिले गोल गरे भने इभान पेरिसिचले इन्जुरी समयमा बराबरी गोल गरे । चोटका कारण रोमेलु लुकाकु र एलेक्स सान्चेजविना खेलिरहेका इन्टरको ११ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ ।

पार्मा भने छ खेलबाट पाँच अंक रहेको छ । लय समात्न संघर्षरत एन्टोनियो कोन्टेको इन्टरले सबै प्रतियोगिताका छ खेलमध्ये एकैमा मात्र जित निकाल्न सकेको छ ।