२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीमा थोरै आयु भएका जीवहरु, कोही त २४ घण्टाका मात्र पाहुना



अ+ अ-

एजेन्सी । पृथ्वीमा धेरै जनावरहरू छन्, जसमध्ये धेरै हामीले सुनेका वा देखेका छैनौं ।

हरेक जीवित प्राणीको आयु पनि फरक–फरक हुन्छ, कोही १ दिन र कोही १ हप्तासम्म बाँच्छन् भने कुनै जीव कहिले पनि मर्ने हो थाहा हुँदैन । साथै, धेरै जीवित प्राणी पनि छन् जो धेरै लामो समयसम्म बाँच्छन् ।

यसैबीच यहाँ यस्ता जीववारे चर्चा गरौं, जो थोरै समयको लागि पृथ्वीमा बाँच्छन् ।

लामखुट्टे
लामखुट्टेले मानिसलाई धेरै रिस उठाउँछ, उसले टोकेर सुत्न दिँदैन । यो धेरै छोटो समय बाँच्ने प्राणी हो । केही लामखुट्टे यस्ता छन् जो १ दिनमा मर्छन् भने केही २ दिन वा सोभन्दा बढीमा मर्छन् । धेरैजसो लामखुट्टेको आयु १ हप्ताभन्दा बढी हुँदैन ।

झिंगा
हामी झिंगा यता उता उडिरहेको मात्र देख्छौ, के तपाईलाई थाहा छ यिनिहरुको आयु कति हुन्छ ? तपाईलाई भनौं कि उनीहरुको आयु मात्र ४ हप्ताको हुन्छ, उनीहरु त्यो भन्दा बढी बाँच्दैनन् ।

मुसा
मुसा या त मानिसको वरिपरि वा यताउता घुमिरहेका देखिन्छन् ।जसले मानिसहरूलाई धेरै समस्यामा पार्छन्, तिनीहरूको आयु एकदमै कम हुन्छ । उनीहरू बढीमा १ वर्ष वा सोभन्दा कम बाँच्न सक्छन् ।

खरायो
खरायो धेरै प्यारो हुन्छ र मानिसहरु यसलाई धेरै मन पराउँछन । मानिसहरु यसलाई पाल्न पनि मन पराउँछन् तर के तपाईलाई थाहा छ यो कति लामो बाँच्न सक्छ ? खरायोको उमेर ८ देखि १२ वर्ष मात्र हुन्छ ।

गिनी पिग्स
गिनी पिगहरू हेर्दा धेरै प्यारा हुन्छन्, यो जनावर दक्षिण अमेरिकामा मात्र पाइन्छ । यसको आयु ४ देखि ८ वर्ष मात्र हुन्छ, यो धेरै कम वर्ष बाँच्न सक्छ ।