२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डमाथि नेपालको शानदार जित, सन्दीपको अर्धसतक



अ+ अ-

काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले शानदार विजयी सुरुआत गरेको छ । नेपालले पहिलो खेलमा इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता गरेको हो ।

इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे ।

उनी रिटायर्ड हर्ट भए । लोकेश बम २० र रसिद खान २१ रनमा अविजित रहे । यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५ ओभर ५ बलमा ९७ रनमा अलआउट भएको छ ।

इंग्ल्याण्डले एक बल बाकी छदा सबै विकेट गुमाएर ९७ रन जोडेको थियो । बलिङमा नेपालका प्रतिश जिसीले सर्वाधिक २ विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल अष्ट्रेलियासँग खेल्नेछ ।