२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर

अटो व्यवसायलाई दशैंले राहत, परिस्थिति अनुसार सन्तोषजनक

अटो व्यवसायलाई दशैंले राहत, परिस्थिति अनुसार सन्तोषजनक
अ अ+ अ-

काठमाडौं । गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ । 

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमका कारण जारी भएको लक डाउनपछि चार महिना बढी समय व्यवसाय बन्द रहेको थियो । लक डाउनपछिको अवधिमा गत वर्षहरुमा व्यापार भन्दा कम भएपनि परिस्थिति अनुसार सन्तोषजनक रहेको व्यवसायीहरुको भनाई छ । लक डाउनपछि साउनमा एक महिना व्यवसाय सञ्चालन गरेको व्यवसायीहरुले भदौ महिनामा भने निषेधाज्ञाको सामना गर्नुपरेको थियो । दशैंको समयमा व्यवसायीहरुले व्यापार राम्रो भएको बताएका छन् । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णभक्त दुलाल दशैंले अटो व्यवासायीहरुलाई राहत दिएको बताउँनुहुन्छ । लक डाउनका कारण सिथिल बनेको बजार साउन पछिको अवस्थामा केही माथि उठ्न सकेको उहाँले बताउनुभयो । विगत वर्षहरुमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष करिब साढे ८३ हजार सवारी आयात भएका छन् । अध्यक्ष दुलालले ४ हजार १ सय ३३ कार÷जिप, ७० हजार २ सय ६० मोटरसाइकल र अन्य सवारी साधन २ हजार २ सय ९० वटा गरी ८३ हजार २ सय १४ सवारी आयात गरिएको बताउनुभयो । यो वर्ष १९ अर्ब ८२ करोड ८१ लाख ६ हजार बराबरका सवारी आयात भएका छन् ।

कोभिडका कारण सार्वजनिक सवारी अभाव भएको, संक्रमणको जोखिमका कारण पनि नीजि सवारी प्रयोग गर्नेहरुको संख्या बढेको बताउनुभयो । सरकारले संक्रमणको जोखिमका कारण नयाँ लाइसेन्स वितरणको काम रोकेको छ । तर व्यवसायीहरुले भने लाइसेन्स वितरण रोक्न नहुने बताएका छन् । यातायात व्यवस्था कार्यालय र सरकारलाई लाइसेन्स वितरण खुलाउन र अब सुरक्षित भएर व्यवसाय गर्ने वातावरण मिलाउन उहाँले आग्रह गर्नुभयो ।