८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

के नेकपा फुटको संघारमा पुगेको हो ?

के नेकपा फुटको संघारमा पुगेको हो ?
अ+ अ-

काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी )नेकपा) भित्रको अन्तरकलह यतिबेला बेस्सरी चर्किएको छ। केही दिन यता अध्यक्ष तथा प्रधानमन्त्री केपी  ओली र पुष्पकमल दाहालले अबका रणनीति बारे आफू निकट नेताहरु संग निरन्तर छलफल गरिरहेका छन् ।

 आईतबार दिउसो देखी नेकपा भित्रको अन्तरकलह निकै सतहमा आयो ।   पार्टी महासचिब बिष्णु पौडेलले दिउसो सामाजिक संञ्जाल मार्फत पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको  जनाउनु भयो । उहाले  पार्टी एकता सम्पन्न भएसँगै  एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी रहेको भएपनि तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको उल्लेख गर्नुभएको थियो । लगत्तै नेताहरुको र्दाैडधुप पनि निकै बाक्लियो । अध्यक्ष पुष्पकमल दहालले पनि आफूनिकट नेताहरु लाई खुमलटार बोलाएर प्रधानमन्त्री केपी ओलीले एउटै नेकपामा नरहेर अलग अलग हुन आग्रह गरेको  खुलासा गर्नुभयो ।

 शिर्षतहका नेताहरुको यस्तो  प्रतिक्रिया बिच पार्टीका अन्यनेताहरुले पनि सामाजिक संञ्जालमा प्रतिक्रियाहरु ब्यक्त गरिरहेका छन् ।  यसै क्रममा  पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा गरौं ।यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ,पार्टीको बिधि,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन।  भन्दै सामाजिक संञ्जालमा लेख्नु भएको छ ।

यसै गरी   स्थायी समिति सदस्य भीम राबलले विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्।स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् ।यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ।समझदारी,एकता र देशहित मनमा राखी समस्या समाधान गरौं भन्दै खबरदारी गर्नुभएको छ ।

उता पूर्ब संञ्चारमन्त्री तथा नेता गोकुल बास्कोटाले सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ निवेकारको हल्ला भन्दै प्रतिक्रिया जनाउनु भएको छ ।

यसैगरी नेता ठाकुर गैरेले पार्टी बिभाजन गरिएमा अक्षम्य अपराध हुनेछ ,सत्तास्वार्थ, लेनदेन र दाउपेचको राजनीति छोडेर नीति र बिधिमा एकता खोज्नुहोस भन्दै नेतृत्वलाई आग्रह गर्नुभएको छ । यस्तै नेतृ रामकुमारी झाक्रिले फोस्रा आश्वसन दिने भन्दा यस्ता कुरा पत्याउने नै मूर्ख हुन। ढाँटको निम्तो खाई पत्याउनु भनिन्छ नि हाम्रा उखान टुक्कामा भन्दै  टिप्पणी गर्नुभएको  छ । उहाले  थप लेख्नु भएको छ–अयोग्यता छोप्न यस्तै आधारहिन हल्ला गरेरै भए पनि केही समय टिक्न सकिन्छ भनेर फेरी थालिएछ अर्को हल्ला ? अनि आफ्नो ज़िम्मेवारी छोडेर मोर्चा कस्न राजधानी छिरेछन् संघिय सरकार मातहतका प्रादेशिक प्रशासनिक ईकाईका प्रमुखहरू भन्दै शंकर पोखरेलहरु प्रति कटाक्ष गर्नुभएको छ ।  

उता लुम्बिनी प्रदेश प्रमुख शंकर पोखरेलले विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ  भन्दै प्रतिक्रिया जनाउनु भएको छ ।

यसैगरी  केन्द्रिय सदस्य बिष्णु रिजालले  पक्कै पनि नेकपामा समस्या छ । तर, यति आधारमै पार्टी फुट्दैन । यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तरार्द्धमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन्। मेरो बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ । ‘स्यालको शिकारका लागि बाघको खजाना’ जोरजाम गरिएकाले हल्लाखल्ला धेरै सुनिएको हो । भनिन्छ नि ठूलो घरको ठूलै चाला भन्दै नेतृत्वलाई ब्यङ्ग गर्नुभएको छ   ।