२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि धेरै चर्चा गरेको भएपनि पर्याप्त नभएको बताउनु भयो । उहाँले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताउनु भयो । उहाँले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरुले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरुमा एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हिजो एकताको कुरा गर्दैगर्दा कमरेड मदन भण्डारीका कयौँ कुराहरु र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि चर्चा हामीले नगरेको होइन । तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैँ आफैँले शुरु गराँै । अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहीँ देख्या छैन । यहाँ अरु कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौँ ठिकै छ, नमिल्नेहरु कति मिल्न सकिने हो ? त्यतिमा मोर्चा बनाएर मिलौँ । त्यो पनि सकिँदैन । खासखास इस्युहरुमा कार्यगत एकता गरौँ । तर मिल्नुपर्ने सबैभन्दा ठूलो कुरा आफ्नै पार्टी कसरी सही विचारको आधारमा एकतावद्ध गर्ने ? र सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प ग¥यो भने त्यहीँबाट अरुलाई पनि एकतावद्ध गर्ने प्रक्रियाको शुरुवात हुनसक्छ । इतिहास र घटनाक्रमले तपाईं हामीलाई यही सिकायो ।’

अध्यक्ष दाहालले आफ्ना विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गर्नुभयो ।