३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि धेरै चर्चा गरेको भएपनि पर्याप्त नभएको बताउनु भयो । उहाँले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताउनु भयो । उहाँले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरुले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरुमा एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हिजो एकताको कुरा गर्दैगर्दा कमरेड मदन भण्डारीका कयौँ कुराहरु र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि चर्चा हामीले नगरेको होइन । तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैँ आफैँले शुरु गराँै । अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहीँ देख्या छैन । यहाँ अरु कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौँ ठिकै छ, नमिल्नेहरु कति मिल्न सकिने हो ? त्यतिमा मोर्चा बनाएर मिलौँ । त्यो पनि सकिँदैन । खासखास इस्युहरुमा कार्यगत एकता गरौँ । तर मिल्नुपर्ने सबैभन्दा ठूलो कुरा आफ्नै पार्टी कसरी सही विचारको आधारमा एकतावद्ध गर्ने ? र सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प ग¥यो भने त्यहीँबाट अरुलाई पनि एकतावद्ध गर्ने प्रक्रियाको शुरुवात हुनसक्छ । इतिहास र घटनाक्रमले तपाईं हामीलाई यही सिकायो ।’

अध्यक्ष दाहालले आफ्ना विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गर्नुभयो ।