२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा उत्पादक निजी क्षेत्रलाई सरकारले खुट्टा बाँध्ने काम गरिरहेको छः अध्यक्ष कार्की



अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले उर्जा उत्पादक निजी क्षेत्रको खुट्टा बाँध्ने काम गरिरहेको बताउनुभएको छ ।

एकातिरबाट जलविद्युतमा काम गर् भनेर वातावरण दिने र अर्को तिरबाट खुट्टा बाँध्ने काम गरिरेहेको आरोप लगाउनुभएको हो । मंगलवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सरकारले जलविद्युत क्षेत्रको विकासका लागि सहज वातावरण बनाउन प्राथमिकता दिएपनि काम गर्ने समयमा खुट्टा बाँध्ने काम गरेको बताउनु भयो ।

उहाँले निजी क्षेत्रलाई जलविद्युत उत्पादन गर् भन्ने र अर्कोतिर नियमन गर्ने निकाय धेरै भएको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई धेरै संस्थाहरुले नियमन गर्न थालेको गुनासो गर्नुभयो ।

उहाँले ऊर्जा मन्त्रालय,विद्युत प्राधिकरण,विद्युत नियमन आयोग लगायत आईपीओमा जानुअघि धेरै खालका प्रावधानहरु पूरा गर्नुपर्ने भएको बताउनु भयो ।

उहाँले अहिले सार्वजनिक लेखा समितिले छुट्टै निर्देशन,अर्थसमिति छट्टै निर्देशन दिने गरेकाले काम गर्न समस्या भएको भन्दै निजी क्षेत्रलाई नियमन कति गर्ने हो भन्ने स्पष्ट हुन जरुरी रहेको बताउनु भयो । उहाँले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको आवश्यकताका विषयमा विचार गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले भनेको जस्तो २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लागि ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताउनु भयो ।

उहाँले उक्त लगानी सरकारले गर्ने,विदेशी लगानी ल्याउने वा निजी क्षेत्रसहित अगाडि बढाउने भन्ने यकिन हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले जलविद्युत क्षेत्रको विकास गर्न निजी क्षेत्रलाई सबैतिरबाट नियमन गरी साधुरो बनाउँन नहुने बताउनु भयो । उहाँले विद्युत विधेयक पनि निजी क्षेत्रमैत्री नभएको भन्दै निजी क्षेत्र मैत्री बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले प्राथमिकता दिएको क्षेत्रलाई अगाडि बढाउनको लागि १८ महिना आईपीओ निकाल्न नदिएर बन्धक बनाएर राख्नु गलत भएको बताउनु भयो । उहाँले ३५भन्दा बढी आयोजनाहरुको आईपीओ स्वीकृत नपाएर धितोपत्र बोर्डमा गएर अड्किएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले जलविद्युत क्षेत्रको विकासलाई क्रमिक रुपमा गर्दै गएको छ । तर समग्र जलविद्युत क्षेत्रको विकासको लागि ६१ खर्ब रुपैयाँ लगानी कहाँबाट ल्याउने भन्ने कुरा भइरहेको छ । सरकारले जलविद्युत क्षेत्रको विकास गर्ने भनेको छ तर निजी क्षेत्रलाई सबैतिरबाट नियमन गरी साँघुरो बनाउँदै गएको छ । विद्युत विधेयक पनि निजी क्षेत्रमैत्री छैन भनेर धेरै पटक भनेका छौं ।

देशले प्राथमिकता दिएको क्षेत्रलाई अगाडि बढाउनको लागि १८ महिना आईपीओ निकाल्न नदिएर बन्धक बनाएर राखेको छ । ३५ भन्दा बढी आयोजनाहरुको आईपीओ स्वीकृत नपाएर धितोपत्र बोर्डमा गएर अड्किएको छ । अध्यक्ष नभएर भनि पनि काम नगरेर भएको हो । जलविद्युत उत्पादन र विकासको लागि निजी क्षेत्रलाई अगाडि बढ भनेर वातावरण तयार गर्दै छ तर खुट्टा बाँध्ने काम गरेको छ ।

निजी क्षेत्रलाई धेरै संस्थाहरुले नियमन गर्न थालेका छन् । ऊर्जा मन्त्रालय,विद्युत प्राधिकरण,विद्युत नियमन आयोग लगायत आईपीओमा जानु अघि धेरै खालका प्रावधानहरु पूरा गर्नुपर्ने भएको छ । सार्वजनिक लेखा समितिले छुट्टै निर्देशन,अर्थसमिति निर्देशन दिएको छ । निजी क्षेत्रलाई नियमन कति गर्ने हो भन्ने स्पष्ट हुन जरुरी छ । जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्र आवश्यक छ की छैन ।’

उहाँले देशको कुल विद्युत जडित क्षमता ३ हजार २ सय ३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २ हजार ५ सय ४८ मेगाबाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन भइरहेको बताउनु भयो । उहाँले ३ हजार ९ सय ४७ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन र ४ हजार ५ सय ४५ मेगावाट क्षमताका आयोजनाहरू विद्युत खरिदविक्री सम्झौता ९पीपीए० सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको बताउनु भयो ।




भर्खरै