२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेड पान्डाको छालासहित पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।” उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।