७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो ।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय ३८, आव २०८०/८१ मा चार सय १३ र चालु आवको हालसम्म एक सय ४० जना छोरीको बीमा भएको छ ।

महानगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमा बीमाबापत १५ वर्षसम्ममा रु ५० हजार बुझाउने गर्दछ । सोपश्चात बीमा कम्पनीले बिमितलाई रु एक लाख प्रदान गर्ने उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो, “अहिले हामीले बीमा भइसकेका छोरीहरूका लागि वार्षिक रु तीन हजार तीन सय २७ नवीकरण शुल्क बुझाउने गरेका छौँ ।”

समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिँदै छोरी गर्भमा भएमा गर्भपतनसम्म गराउने परिपाटीको अन्त्य गराउन बीमा कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो । महानगरपालिकाले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आएको छ ।