८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

ह्वाट्सएपबाट एक दिनमा कति मेसेन्ज जान्छन् ?

ह्वाट्सएपबाट एक दिनमा कति मेसेन्ज जान्छन् ?
अ+ अ-

फेसबुकले संचालन गरिरहेको मेसेजिङ प्लेटफर्म ह्वाट्सएपबाट एक दिनमा कति मेसेज आदान प्रदान होलान् ? नेपालमा त्यति प्रयोग नगरिने तर विश्वभर अत्यधिक लोकप्रिय ह्वाट्सएपबाट दैनिक १००० करोड अर्थात् १००,०००,०००,००० मेसेज प्रवाह हुन्छ भन्दा पत्याउन कठिन हुन्छ । फेसबुक कम्पनीका प्रमुख कार्यकारी मार्क जुकरबर्गले पहिलो त्रैमासिक विवरण सार्वजनिक गर्दै यसका बारेमा जानकारी दिएका हुन् ।

ह्वाट्सएपले यो शिखर चुमेको पहिलो पटक भने होइन । सन् २०१९ को डिसेम्बर ३१ का दिन पनि यही अवस्था थियो । त्यसपछि ह्वाट्सएपले एकपछि अर्को रकेर्ड बनाउँदै गएको छ । जुकरबर्गको भनाईमा ह्वाट्सएप र फेसबुक फेमिलीका बाँकी एप्सको दैनिक प्रयोग २५० करोड करोडभन्दा बढी मानिसले गरिरहेका छन् ।

स्टाटिस्टिटाका अनुसार अक्टोबर महिनासम्ममा ह्वाट्सएपका २०० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । फेसबुकको मेसेन्जरका भने १३० करोड सक्रिय प्रयोगकर्ता थिए । जनवरी महिनामा एन्ड्रोइड डिभाइसमा ह्वाट्सएप ५०० करोड भन्दा बढी पटक डाउनलोड भएको थियो । डाउनलोडका आधारमा गूगल पछि ह्वाट्सएपले रेकर्ड कायम गरेको हो ।  

जुकरबर्गले इन्स्टाग्राममा पनि फेरबदल गरिएको बताएका छन् । कम्पनीले नयाँ अपडेट दिँदै मेसेन्जर र इन्स्टाग्राम मेसेजिङ दुबैलाई एकीकृत गरिएको जनाएको छ ।

फेसबुकले फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएपमा सामयिक सुधार र नयाँनयाँ फिचर थप्दै गएको जुकरबर्गले बताएका छन् । यी परिवर्तनबाट उपभोक्ता, ग्राहकले एप्स संचालनका क्रममा राम्रोसँग आफ्ना धारणा अभिव्यक्त गर्न पाउने कम्पनीले बताएको छ ।

तुलनात्मक रूपमा ठूला साइजका तस्वीर, अन्य सामग्री र मेसेज ह्वाट्सएपबाट सहज रूपमा प्रवाहित हुने गर्दछ । व्यक्तिदेखि सबैजसाे कम्पनीहरूले ग्रुप बनाएर सन्देश प्रवाह गर्न यस मेसेजिङ एप्सकाे बढी प्रयाेग हुने गरेकाे छ । भारत, चीन, संयुक्त राज्य अमेरिका, युराेप सबैतिर ह्वाट्सएप निकै लाेकप्रिय छ ।