८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

आइपिएल : तीन स्थानका लागि चार दाबेदार, के दिल्लीले सन्दीपलाई मौका देला ?

आइपिएल : तीन स्थानका लागि चार दाबेदार, के दिल्लीले सन्दीपलाई मौका देला ?
अ+ अ-

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट रोमाञ्चक मोडमा पुगेको छ । मुम्बई इन्डियन्स प्लेअफका लागि छनौट भइसकेको छ भने बाँकी तीन स्थानका लागि चार वटा टिमको दाबेदारीको समीकरण बनेको छ । अंकतालिका हेर्दा आखिरी खेलसम्मबाट मात्र तीन टिमको टुंगो लाग्ने अवस्था बनेको छ ।
अब लिग चरणमा केबल २ खेल बाँकी छन् । मुम्बई १८ अंकका साथ प्लेअफका लागि छनौट भइसकेको छ, तर बाँकी तीन स्थानका लागि चार टिमबीच संघर्ष जारी छ । चार टिमलाई दोस्रो, तेस्रो र चौथो स्थान सुरक्षित गर्ने अवसर छ ।

आइतबारका खेलमा पराजित भएपछि किंग्स इलेभेन पञ्जाब र राजस्थान रोयल्स प्लेअफबाट बाहिरिएका थिए ।

दोस्रो स्थानका लागि आज सोमबार रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेलले निर्धारण गर्नेछ । आजको खेलमा दिल्लीले नेपाली बलर सन्दीप लामिछानेलाई मौका देला कि नदेला भन्ने अन्यौल अझै कायम छ ।

हेरौं प्ले अफको सम्भावित तस्वीर
 

१. मुम्बई इन्डियन्स १८ अंक सहित पहिलो स्थानमा रहने छ । अब मुम्बईले एक खेल खेल्न बाँकी छ ।

२. दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज सोमबार खेल हुँदैछ । जसले जित्छ ऊ १६ अंक सहित दोस्रो स्थानमा उक्लने छ ।

३. कोलकाता नाइट राइडर्सको १४ अंक सहित टाई हुनेछ ।

४. यदि मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई मंगलबार पराजित गरेमा कोलकाता नाइट राइडर्स १४ अंकका साथ दिल्ली क्यापिटल्स वा रोयल च्यालेन्जर्स बैंगलोरबीचको म्याचमा हार्ने टिमको साथमा टाई रहनेछ ।

५. यदि हैदराबादले मंगलबार मुम्बई इन्डियन्सलाई परास्त गरेमा कोलकाता, हैदराबाद र दिल्ली वा बैंगलोरबीच हार्ने टिम समान १४ अंकका साथ टाई रहने छ ।

६. यदि यस्तो परिस्थिति बनेमा हैदराबादको टिम तेस्रो स्थानमा रहने छ किनकी हैदराबादको नेट रनरेट दिल्ली, बैंगलोर र कोलकाताको भन्दा निकै राम्रो छ ।

७. कोलकाताको चाहना आज सोमबारको खेल एकतर्फी रहोस् भन्ने हुनेछ । ताकि जित्ने टिमले सहज रुपमा खेल जित्नेछ । ताकि पराजित हुने टिमको नेट रन रेट कोलकाताको भन्दा खराब हुनेछ ।

८. राजस्थानको टिम सबैभन्दा तल्लो स्थानमा हुनेछ ।

भारतीय संचार माध्यमहरुका अनुसार यस पटकको आइपिएल सबैभन्दा रोमाञ्चक रहेको छ । सबैभन्दा कमजोर अर्थात आठौं स्थानको टिमको पनि १२ अंक छ । अब लिग चरणका २ खेल मात्र बाँकी छन् तर तीन स्थानको छिनोफानो अझै भएको छैन । पञ्जाब, राजस्थान र चेन्नाई प्रतियोगिताबाट बाहिरी सकेका छन् । केही दिन अघिसम्म बैंगलोर र दिल्लीको प्लेअफ पक्कापक्की झैं देखिएको थियो, तर दिल्लीले लगातार ४ खेल हारेसँगै अहिले अंक समीकरण भिन्न छ । अंक मात्र होइन, खूद रन रेटले पनि यसपटक भूमिका खेल्दैछ । (टाइम्स अफ इन्डिया)

अंक तालिका