२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



अ+ अ-

रामपुर । पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नं को ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा रम्भा गाउँपालिका– ३ बस्ने २३ वर्षीय ट्रक चालक भुवन सिंह रानाको मृत्यु भएको हो ।

सोमबार राति ११ बजे भएको दुर्घटनामा घाइते भएका चालक रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

रानाले चलाएको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नं को ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए । ठक्कर दिइसकेपछि चालक राना दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएका थिए ।

रानाको ट्रकले ठक्कर दिएका अर्का ट्रकका सहचालक स्याङ्जा वालिङ नगरपालिका– १० बस्ने २१ वर्षीय सञ्जीत खवास थापा घाइते भएको प्रहरीले जनाएको छ । उक्त ट्रकका चालक वालिङ ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।