३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ओरोलो लाग्यो नेप्से

ओरोलो लाग्यो नेप्से
अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३।३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७।६३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा पुगेको छ । कूल १९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११.६२, विकास बैंक ०.३, अन्य ३.२९ र जीवन बीमा ९.४ बिन्दुले ओरालो लागेको छ । व्यापार ३४.५२, होटल ९.३३, जलविद्युत् ०.५४, वित्त ३.९४, निर्जीवन बीमा २५.२५, उत्पादन ३.८८, लघुवित्त ६२.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ४० लाख ९७ हजार ७१८ बराबरको कारोवार भयो । यस्तै नेपाल बैंक रु आठ करोड १६ लाख ९३ हजार २०५, एचाआइडिसिएल रु आठ करोड ८२ लाख ५३७, प्रभु बैंक रु सात करोड ५९ लाख ५७ हजार ९९७, ग्लोबल आइएमइ बैंक रु छ करोड ८४ लाख ३९ हजार ३०१, फष्ट माइक्रोफाइनान्स रु छ करोड ७८ लाख आठ हजार ४४९ र डिप्रोक्स लघुवित्त रु छ करोड ७६ लाख ११ हजार ४४७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा विशाल बजार कम्पनी ९.९७, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ९.९५, गुराँस लघुवित्त ९.९४, शिव श्री हाइड्रोपावर ९.६६, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.४८, समिट लघुवित्त वित्तीय संस्था ७.३९ र नेपाल फाइनान्सका लगानीकर्ताले ७.२७ प्रतिशतले कमाएका छन् । 

यस्तै जनरल इन्स्योरेन्स कम्पनी ३.१४, सिटिजन बैंक २.११, ग्लोबल आइएमई बैंक २.०२, बरुण हाइड्रोपावर २.०२, सप्तकोशी डेभलपमेन्ट बैंक १.७६, सिनर्जी पावर १.७२ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १.७० प्रतिशतले गुमाए ।