१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

भक्तपुरका प्रजापती समुदायको गुनासोः माटोका भाँडा बनाउन माटै पाउन छोड्यो

भक्तपुरका प्रजापती समुदायको गुनासोः माटोका भाँडा बनाउन माटै पाउन छोड्यो
अ अ+ अ-

काठमाडौँ । तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ । माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको प्रजापती समुदायको भनाइ छ । शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ ।

भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आएको बताउनु भयो । उहाँले पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा विक्री ग्रिरहेको बताउनु भयो । उहाँले विगतको दाँजोमा माग केही घटेको भएपनि माटोका भाँडाको माग अहिले पनि रहेको बताउनु भयो । उहाँले पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘सानैदेखि यो काम गर्थें, बीचमा एक पटक छोडियो र अहिले फेरि गर्न थालेको हो । माग ठिक ठिकै आएको छ । पहिला पनि पालाको २ रुपैयाँ नै थियो । अहिले पनि दुई रुपैयाँ नै हो । पहिला पहिलाको दाँजोमा माग धेरै घटेको हो । तर अहिले पनि माटोको दियो प्रयोग गर्ने धेरै नै छन् । साँखुबाट धेरै माटो आउँछ । माटो पहिला खनेर लिन पाइन्थ्यो । १०, १५ फिट खनेर । अहिले माटो लिने ठाउँमा प्लटिङभएर घरैघर भइसक्यो अहिले कन्निुपर्छ ।’

उहाँले माटोका भाँडा बनाउनका लागि माटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्ने गरेको बताउनु भयो । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘माटो पेल्ने, मुस्ने, सुकाउने, पाक्न समय लाग्छ । सुक्न एक दिनमै सुक्छ । १० देखि १२ दिनको समय लाग्छ ।’

पहिला काग तिहार आएपछि बेच्न जानुपर्ने भएपनि अहिले माटोका भाँडा लिन घरमै आउने गरेको बताउनु भयो । प्रजापतीकाअनुसार सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज छैन । ‘पहिला काग तिहार आएपछि बेच्न जानुपथ्र्यो । अहिले यहीँ लिन आउँछन् ।’ उहाँले भन्नुभयो, ‘सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज हुँदैन ।’

पहिला आफूले पैसाको कमी हुँदा लसुन, सागसँग माटोका भाँडा साट्ने गरेको सम्झनुहुन्छ हरिओम प्रजापती । उहाँ भन्नुहुन्छ, ‘यो पहिला गल्ली गल्ली छिरेका बेच्ने गर्दथ्यौँ । पैसा कम थियो त्यो बेलामा । लसुन, अन्न जोसँग जे थियो, त्योसँगै साट्थ्यौँ । घरमा बेच्न जाँदा बुढी आमै हुन्छ, पैसा हुँदैन, साग, लसुनसँग साट्थ्यौँ ।’

बुढा भएका आमा, दिदिबिहिनीसँग पैसा नहुँदा साग, लसुनसँग भाँडा साटेको स्मरण गर्दै जोसँग जे अन्न वा अन्य कुराहरु हुन्थे त्यही लिएर भाँडा दिने गरेको बताउनु भयो । अहिले माटो पाउन कठिन रहेको उहाँको भनाइ छ । माटो लिन पाइने ठाउँमा अहिले प्लटिङ भएको र माटोका भाँडा बेचेर खासै फाइदा नरहेको गुनासो गर्नुहुन्छ । सरकारले माटोको व्यवस्था गर्नसके मात्रै आफूहरुको पेशा लोप नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘माटो लिने ठाउँमा घर, प्लटिङ भइसक्यो माटो छैन । अहिले माटोको भाँडा बेचेर खासै फाइदा छैन । सरकारले माटो दिनुपर्छ । किनेर साध्य छैन । त्यसैले यो लोप हुँदै गएको छ ।’

अर्का स्थानीय एवं माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापती पुर्खादेखिको पेशा भएकाले चट्टै छोड्न नमिल्ने बताउनु हुन्छ । उहाँले पुख्र्यौली पेशा भएकाले माटोका भाँडा बनाउने काम गर्दै आएको बताउनु भयो । पुरानै मूल्यमा भाँडा बेच्नुपर्दा उहाँलाई लागत मूल्य नै नउठ्ने चिन्ता भने छ । तिहारमा विशेष गरी पाला मात्रै बिक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो यो माटोको भाँडा बनाउने पुख्र्यौली पेशा हो । बाजे बराजुले बनाउनु हुन्थ्यो । हामी पनि बनाइरहेका छौँ । पुरानै रेटमा छ दियो । तिहारमा विशेष गरेर यो पाला मात्रै बिक्छ । अरु बेला सिजनअनुसारले सामानहरु बिक्छ । सदावाहर खुत्रुके, धुपाउरो, सामान बनाउन माटोको अभाव छ । दाउराको अभाव छ । इन्धनको समस्या छ । सहज रुपमा भए काम सुचारु हुन्छ ।’
अरु बेला सिजनअनुसारले सामानहरु विक्री हुने गरेको उहाँले बताउनु भयो । खुत्रुके, धुपाउरो जस्ता सामानहरु भने सदावाहर विक्री हुने गरेको बताउनु भयो । माटो पकाउनका लागि इन्धन (दाउरा)को अभाव रहेको बताउनु भयो ।

माटोको भाँडा बनाउँदै आउनुभएका रोशन प्रजापतीको गुनासो पनि माटोको अभाव नै रहेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले ३५ वर्षदेखि माटोका भाँडाहरु बनाउँदै आउनुभएको छ । पहिला वर्षहरु भन्दा यस वर्ष माटोका भाँडाहरुको माग घटेको उहाँको भनाइ छ । अहिलेको आर्थिक अवस्थाले गर्दा पनि माग घटेको हुनसक्ने उहाँको अनुमान छ । उहाँ भन्नुहुन्छ, ‘३५ वर्ष जति भयो मैले गर्दै आएको । पहिलो वर्ष भन्दा यस वर्ष माग धेरै घटिरहेको छ । अहिले आर्थिक अवस्था पनि कमजोर छ । त्यसैले हो कि । हाम्रो आफ्नै परिवारले गर्ने काम भएकाले ठिकै गुजारा चलिरहेको छ ।’

प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको उहाँको भनाइ छ । माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा लोप हुने चिन्ता प्रजापती समुदायलाई छ ।

विकास बखुन्छें/न्युज एजेन्सी नेपाल