काठमाडौँ । सोमबार काठमाडौं उपत्यकामा १६ सय २२ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ कोरोना संक्रमित थपिएका हुन् ।
सोमबार देशभरि २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











