२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २७ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले उकालो लागेर चार सय ७२ दशमलव ९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ ।

कूल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता शेयर रु पाँच अर्ब ३४ करोड ४८ लाख नौ सय १२ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर नौ दशमलव ५४,मेछ्याङ हाइड्रोपावर नौ दशमलव १३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, पिपल्स वर ६ दशमलव शून्य दुई, कालिञ्चोक दर्शन लिमिटेड चार दशमलव ३५,समृद्धि फाइनान्स कम्पनी तीन दशमलव ९६, विन नेपाल लघुवित्त दुई दशमलव ८९ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले दुई दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।