१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

ट्रम्पले जित्ने आशामा नेतन्याहू

ट्रम्पले जित्ने आशामा नेतन्याहू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ।
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति को चुनाव नजिकिंदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गर्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गरेका छन् ।

नेतन्याहूका लागि ट्रम्पको अन्तिम कार्यकाल सहज थियो र नोभेम्बर ५ का लागि तय भएको मतदानको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपतिले आफ्नो मध्यपूर्व नीतिबारे मिश्रित सन्देश पठाउनुभएको छ ।

उहाँले नेतन्याहूलाई इरानको आणविक केन्द्रहरूमा बमबारी गर्न प्रोत्साहित गर्नेदेखि अमेरिकी वर्तमान् राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै भन्नुभयो, “यदि म राष्ट्रपति भएको भए अक्टोबर ७ को आक्रमण कहिल्यै हुने थिएन।” उहाँले इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिने पनि सन्देशमा उल्लेख छ ।

यद्यपि ट्रम्पको ‘अमेरिकालाई फेरि महान् बनाऊ’ भन्ने चुनावी नारा र इजरायलबारेका यी अस्पष्ट अभिव्यक्ति र नीतिहरूले नै नेतन्याहूले ट्रम्पसँग आशा गरेको विश्लेषकहरू बताउँछन्।

रिपब्लिकन राष्ट्रपतिका रूपमा ट्रम्पले नेतन्याहूलाई गाजा र लेबनानमा जारी द्वन्द्वको सामना गर्न थप स्वतन्त्रता दिने सम्भावना रहनेछ।

“नेतन्याहूको एउटा कोसेढुङ्गा अमेरिकी निर्वाचन हो। उहाँले ट्रम्पको विजयका लागि प्रार्थना गरिरहनुभएको छ । यसले उहाँलाई धेरै स्वतन्त्रता प्रदान गर्नेछ वा आफूले चाहेको काम गर्न दिनेछ,” जेरुसेलमको हिब्रु विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक गिडोन राहतले एएफपीसँग बताउनुभयो ।

नेतन्याहूका पूर्व चिफ अफ स्टाफ तथा राजनीतिक टिप्पणीकार अभिभ बुशिन्स्कीले भन्नुभयो, “अमेरिकी रिपब्लिकन नेता ट्रम्पसँग डेमोक्र्याट नेताहरूको तुलनामा नेतन्याहूको अनुभव निकै राम्रो छ। डेमोक्र्याटहरू नेतन्याहूमाथि धेरै कठोर छन्।”

घनिष्ठ व्यक्तिगत सम्बन्ध

प्रधानमन्त्रीका रुपमा १७ वर्षको कार्यकालमा नेतन्याहूले रिपब्लिकन पार्टीका नेता ट्रम्पसँग मात्र सहकार्य गर्नुभएको छ अर्थात् यो अवधिमा अमेरिकामा अन्य राष्ट्रपति सबै डेमोक्र्याटिक पार्टीबाट निर्वाचित भएका थिए ।

आफ्नो कार्यकालको दौडान ट्रम्पले नेतन्याहूको घरेलु प्रतिष्ठालाई बढावा दिने धेरै कदमहरू चाल्नुभएको थियो भने इजरायल, प्यालेस्टाइनसँगको द्वन्द्व र व्यापक क्षेत्रबारे लामो समयदेखिका अमेरिकी नीतिहरूलाई रद्द गर्नुभएको थियो ।

राष्ट्रपतिका रूपमा रिपब्लिकन नेता ट्रम्पले अमेरिकी दूतावासलाई जेरुसेलममा स्थानान्तरण गर्नुभएको थियो । यसलाई इजरायलले आफ्नो अविभाजित राजधानीको रूपमा दावी गर्दछ । अमेरिकाले कब्जा गरिएको गोलान हाइट्समा इजरायली सार्वभौमिकतालाई मान्यता दिएको थियो र तीन वटा अरब राज्य र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्ने वातावरण सिर्जना गरेको थियो ।

ट्रम्पले इजरायलको कट्टर शत्रु इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट पछि हट्नुभएको थियो र पुनः इस्लामिक गणतन्त्र इरानमाथि कडा आर्थिक प्रतिबन्धहरू लागू गर्नुभएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका लागि आफ्नो ‘चट्टानी समर्थन’ मा जोड दिनुभए पनि लामो समयदेखि नेतन्याहूसँगको सम्बन्ध चिसो रहँदै आएको देखिन्छ ।

बाइडनले नेतन्याहूलाई इरानको तेल उत्पादन र आणविक केन्द्रहरूमा आक्रमण नगर्न चेतावनी दिनुभएको थियो भने ट्रम्पको धारणा यसको विपरीत रहेको थियो ।

ट्रम्प र नेतन्याहूबीच घनिष्ठ व्यक्तिगत सम्बन्ध पनि छ । अमेरिकी पूर्व राष्ट्रपतिले यसै हप्ता इजरायली प्रधानमन्त्रीसँग बारम्बार फोन वार्ता भएको दाबी गर्नुभएको छ ।

जर्जियामा आयोजित एक ¥यालीलाई हालै सम्बोधन गर्दै ट्रम्पले भन्नुभएको थियो, “हामीबीच निकै राम्रो सम्बन्ध छ । “हामी उनीहरूसँग धेरै नजिकबाट काम गर्न जाँदैछौं।

बुशिन्स्कीले भन्नुभयो, “यी सकारात्मक कुराहरू कुनै पनि चिन्ताभन्दा बढी हुनेछन्। मलाई लाग्छ, नेतन्याहू ट्रम्पको निर्वाचनको अनिश्चितताको जोखिम मोल्न तयार हुनुहुनेछ।”

इजरायलमा लोकप्रिय

ट्रम्प नेतन्याहूसँग मात्र होइन, इजरायली जनतामाझ पनि लोकप्रिय हुनुहुन्छ ।

इजरायल इन्स्टिच्युट फर रिजनल फरेन पोलिसीज मिटभिमले सेप्टेम्बरमा गरेको जनमत सर्वेक्षणमा ६८ प्रतिशत इजरायलीले ट्रम्पलाई इजरायलको हितमा काम गर्ने उम्मेदवारका रुपमा हेरेका छन् ।

उपराष्ट्रपति कमला ह्यारिसले इजरायललाई समर्थन गर्ने र इजरायलको रक्षा गर्ने अधिकारबारे बारम्बार घोषणा गरे पनि १४ प्रतिशतले मात्र उहाँलाई रोजेका थिए ।

संयुक्त राज्य अमेरिकाका लागि पूर्व इजरायली कूटनीतिज्ञ तथा मिटविमको निर्देशक समितिका सदस्य नादाव तामिरले भन्नुभयो, “इजरायलमा, संयुक्त राज्य अमेरिका बाहिर अन्य कुनै पनि उदार लोकतन्त्रभन्दा ट्रम्प ह्यारिसभन्दा बढी लोकप्रिय हुनुहुन्छ।”

यद्यपि, तामिरले नयाँ ट्रम्प प्रशासन आश्चर्यजनक हुन सक्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “पूर्व राष्ट्रपति ट्रम्प अलगाववादी हुनुहुन्छ र अमेरिकालाई स्वतन्त्र विश्व वा अन्तर्राष्ट्रिय गठबन्धनको नेता बनाउन चाहनुहुन्न । उहाँले आफूलाई यस सम्बन्धमा समान विचार भएका रिपब्लिकनको भीड र विचारलाई पार्टीमा बढी स्थान दिएको पाइन्छ ।”

‘अविश्वास’

प्यालेस्टिनी राजनीतिशास्त्री तथा सर्वेक्षणकर्ता खलिल शिकाकीका अनुसार प्यालेस्टिनीहरूमा कुनै पनि उम्मेदवारका लागि खासै उत्साह छैन ।

’प्यालेस्टाइनीहरूले दुवै उम्मेदवारलाई अविश्वास गर्छन् र उनीहरूबीच खासै भिन्नता देख्दैनन्,” शिकाकीले भन्नुभयो ।

हमासका एक अधिकारी ताहेर अल–नुनुले एएफपीसँग कुरा गर्दै अमेरिकी प्रशासनले इजरायलको पक्षमा प्यलेष्टिनीविरूद्ध पक्षपातपूर्ण व्यवहार गर्दै आएको बताउनुभयो ।

विस्थापित भई सडकमा जीवन बिताइरहेका प्यालेस्टिनीहरूले जसले जिते पनि आफ्नो इलाकामा जीवन सुधार नहुने बताएका छन्।

“अमेरिकी चुनावले हाम्रो राजनीतिक वास्तविकतामा सकारात्मक प्रभाव पार्छ भन्ने मलाई विश्वास छैन,” पश्चिम किनारास्थित बिरजित युनिभर्सिटीकी २१ वर्षीया छात्रा लीन बासेमले भन्नुभयो ।

साउण्ड इञ्जिनियर ४२ वर्षीय हसन अनवरले पनि इजरायलको समर्थनमा अमेरिकी नीति पूर्णरुपमा स्पष्ट भएको र उनीहरूले प्यालेष्टिनीलाई हेर्ने आँखामा कुनै भिन्नता छ भन्ने आफूलाई विश्वास नभएको बताउनुभयो ।