११ कार्तिक २०८१, आईतवार
,
Latest
जीवनलाई सहज र सरल बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली कालीगण्डकीमा पक्की पुल निर्माण सम्पन्न एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ: नेता निधि साफ महिला च्याम्पियनसिपः भुटानविरुद्ध पहिलो हाफमै बंगलादेश ५–१ ले अघि ट्रम्पले जित्ने आशामा नेतन्याहू भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि प्रशासनद्वारा कारबाहीको चेतावनी मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग सहकारी नियमनका लागि सरकार नियन्त्रित प्राधिकरण गठन हुन्छः मन्त्री अधिकारी ४२ हजार रुपैयाँ लिएर मुम्बई आएका थिए पंकज त्रिपाठी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो



अ+ अ-

एजेन्सी । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन् ।

आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन् ।

सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ ।

बिकोलका क्षेत्रीय प्रहरी निर्देशक आन्द्रे डिजोनले एएफपीसँग भन्नुभयो, “हामीलाई अझै पनि धेरै फोन आइरहेका छन् र हामी सकेसम्म धेरै मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छौं। आशा छ, त्यहाँ थप मृत्यु हुनेछैन,” उहाँले भन्नुभयो ।

डिजोनले यस क्षेत्रको क्यामारिन सुर प्रान्तका ‘धेरै बासिन्दाहरू’ अझै पनि आफ्नो घरको छत र माथिल्लो तलामा फसेको बताउनुभयो ।

मनिलाको दक्षिणमा पर्ने बाटाङ्गासमा मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको प्रान्तीय प्रहरी प्रमुख ज्याकिन्टो मालिनाओले एएफपीलाई जानकारी दिनुभयो ।

क्याभिट प्रान्तमा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एएफपीको आधिकारिक प्रहरी र विपद् निकाय स्रोतका अनुसार अन्य प्रान्तमा थप पाँच जनाको शव फेला परेपछि मृतकको सङ्ख्या १०० पुगेको छ ।

नागरिक सुरक्षा कार्यालयका एडगर पोसाडासले एएफपीसँग भन्नुभयो, “आगामी दिनमा अझै धेरै मानिसको मृत्यु भएको जानकारी आउने सम्भावना छ किनभने उद्धारकर्ताहरू पहिलेभन्दा फरक स्थानमा उद्धारका लागि पुगेका छन् ।

प्रहरी, तटरक्षक र मरिन डाइभिङ टोलीले आइतबार पनि बाटाङ्गासको तालमा हामफालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन् ।

प्रान्तीय प्रहरी प्रमुख मालिनाओले भन्नुभयो, “पहाडको पानीले बालेटे शहरमा रहेको उनीहरूको घरमा पहिरो र बाढी ल्याएपछि उनीहरूको घर भत्किने डरमा आत्तिएर तालमा हाम फालेका थिए ।

बटाङ्गासमा अधिकांश को मृत्यु वर्षाका कारण आएको पहिरोका कारण भएको बताइएको छ ।

माटो, ढुङ्गा र ढलेका रूखको थुप्रोबाट २० जनाभन्दा बढीको शव निकालिएको छ भने कम्तीमा २० जना अझै हराइरहेको प्रहरीले जनाएको छ ।

मालिनाओले भन्नुभयो, “सबै शव नभेटिएसम्म हामी खोजी जारी राख्नेछौं ।”

उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढीका कारण करिब पाँच लाख ६० हजार मानिस विस्थापित भएको राष्ट्रिय विपद् निकायले आइतबार जनाएको छ ।

प्रत्येक वर्ष करिब २० वटा ठूला आँधीबेहरीले फिलिपिन्स र यसको वरपरका घर र पूर्वाधारमा क्षति पु¥याउने गरेको छभने दर्जनौं मानिसको ज्यान लिने गरेको छ ।

एशिया–प्रशान्त क्षेत्रका आँधीबेहरीहरू समुद्र तटको नजिक बढ्दै गएको र जलवायु परिवर्तनका कारण जमिनमा अझ तीव्र र लामो समयसम्म टिक्ने आँधी आउने हालै गरिएको एक अध्ययनले देखाएको छ।