१७ माघ २०८१, बिहीबार
,
Latest
पदक विजेता रन्जितबहादुर डंगौरा सम्मानित वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : शेखर कोइराला विपिन रिहाइको पर्खाइमा सरकार: कहिले सार्थक बन्ला परराष्ट्रमन्त्रीको पहल ? बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान जारी ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’ २५औँ संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ मधेश केन्द्रित ८ दलले बनाए कार्यदल वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून स्वीकार्य हुँदैन: रास्वपा ‘नेपथ्य’ अब पुस्तक पसलहरूमा प्रवेश गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।

चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ ।

चालु आवको तीन महिनामा वीरगञ्जबाट रु सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए । रासस