२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई पक्राउको विरोधमा आन्दोलन जारी राख्ने रास्वपाको निर्णय



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गरेको विरोधमा आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।

रास्वपाका आज बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठकले उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने’ उल्लेख छ ।

बैठकले ‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकोले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइ गर्न’ माग गरेको छ ।

उपसभापति अर्याल नेतृत्वको आन्दोलन सञ्चालन मूलन समितिमा ७ प्रदेशका सभापतिहरू लगायत रहनेछन् । बैठकले राजनीतिक नागरिक संवादको लागि पार्टीका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा अर्को समिति गठन गरेको छ ।

यसगरी सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने र आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने निर्णय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपा केन्द्रीय समिति बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । बैठकले यसअघि स्थगित गरेका जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सुचारु गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।