३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक ११–१२ मा एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ हुँदै



अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारण सभा यही कार्तिक ११ र १२ गते काठमाडौंमा हुने भएको छ ।

एनआरएनएले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ समेत आयोजना हुने सो सभामा संघ भित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको एनआरएनएका अध्यक्ष डा बद्री केसीले बताउनु भयो । संघभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रुपमा पनि नामाकरण गरिएको उहाँको भनाई थियो ।

अध्यक्ष केसीले भन्नुभयो,‘विधिवत रुपमा संस्थामा केही समस्याहरु छन् भने त्यसमा छलफल गर्ने ठाउँ नै साधारण सभा हो । त्यसकारण पनि यो संस्थामा भएका साथीहरु असन्तुष्ट साथीहरुको लागि पनि, उहाँहरुको के विषयमा असन्तुष्टि हो, विधानको कुन धारामा उहाँहरुको असन्तुष्टि हो, निर्वाचन प्रणालीमा कहाँ असन्तुष्टि हो रु यी सबै विषयमा हामी छलफल गरेर सहमतीमा आउँछौं भन्ने विश्वास लिएका छौँ । त्यसकारण हामीले यसलाई एकताको साधारण सभा पनि भनेका छौं ।’

सो साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एनआरएनएले जनाएको छ । साधारण सभामा नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता र मताधिकार, नेपाली मुलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धि विषयमा छलफल हुने एनआरएनएले जनाएको छ ।