२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: इन्टर मिलानमाथी रियलको पहिलो जीत



अ+ अ-

काठमाडौं । इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । खेलको २५ औं मिनेटमा रियल म्याड्रिडका लागि पहिलो गोल मरिम बेन्जेमाले गरेका थिए । त्यसपछि पुनः खेलको ३३ मिनेछमै रियल म्याड्रिडका लागि सर्जियो र्यामोसले गोल गराएर खेललाई २-० को स्थानमा पुर्याएका थिए । तर २ मिनेट नबित्दै यसपटक भने इन्टर मिलानको लागि लाउटारोले गोल बनाए ।

खेल रोमाञ्चक रुपमा अघि बढ्दै गर्दा भिडालले ४४ औं मिनेटमा र एफ म्येण्डीले खेलको ४८ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए । तर पहेँलो कार्ड पाउने काम यतिमै सिमित रहेन तसर्थ ब्रोजोभिकले ५१ औं र रियलका भाल्भर्डेले खेलको ६२ औ मिनेटमा पहेँलो कार्ड पाएका थिए । 
अन्ततः इन्टर मिलानको लागि ईभान पेरिसिकले एक गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएका थिए । तर खेलको अन्तिम अन्तिम चरणमा रोड्रिगो सिल्भा डे गोजले रियलको लागि थप एक गोल गर्दै खेललाई ३-२ को गोलमा समाप्त गराए । 

जीतसँगै समूहको दोस्रो स्थानमा रहेको शाख्तार डोनेस्क र रियलको समान ४–४ अंक रहेको छ । शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडबाचभन्दा रियल एक अंकले पछि रहेको छ । २ अंकसहित इन्टर समूहको पुछारमा छ ।