१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ सार्वजनिक (भिडियोसहित)

म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ सार्वजनिक (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान् चाड तिहारको अवसरमा, परदेशमा रहेका दाजु-भाइ र दिदी-बहिनीको भावनात्मक कथा समेटेर म्यूजिकल फिल्म ‘रमाइलो तिहा’र निर्माण गरिएको छ।

यस फिल्मले विशेष रूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध, र चाडपर्वमा घरको सम्झना झल्काउँछ। लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दिर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता यसमा देखाइएको छ। भाइले आफ्नो पोडकास्टमा दिदीलाई अतिथि बनाउँदा, उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको वेदनालाई उजागर गर्छ, जसले वर्तमान सामाजिक संरचना र प्रवृत्तिलाई पनि औंल्याउँछ।

यस फिल्मका निर्देशक जोयस पाण्डे नेपाली चलचित्र उद्योगमा अग्रणी नाम हुन्, जसले साँघुरो चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गरेका थिए। दशकपछि उनले तिहारको पारिवारिक र सांस्कृतिक सन्देशलाई म्यूजिकल शैलीमा प्रस्तुत गर्दै रमाइलो तिहार निर्देशन गरेका छन्।

म्यूजिकल फिल्ममा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको छ। अमेरिकामा ह्यप्पी होम स्टुडियोजको निर्माणमा बनेको यस फिल्मको सम्पूर्ण छायांकन अमेरिका मै गरिएको हो। मुख्य कलाकारहरूमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलिप श्रेष्ठ, अपार श्रेष्ठ आदि छन्। समीर रेग्मीलाई यस फिल्ममा नेपाली कला र संस्कृति प्रति समर्पित पात्रको रूपमा देखाइएको छ। ताइवानका चिनइन गावोले यसको छायांकन गरेका छन् भने, नेपालको ख्यातिप्राप्त सम्पादक निशान घिमिरेले सम्पादन गरेका छन्।

‘रमाइलो तिहा’र नेपाली परम्परागत चाडपर्वको महत्त्वलाई वैश्विक स्तरमा पुर्याउने उद्देश्यका साथ बनेको म्यूजिकल फिल्म हो, जसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न ठूलो योगदान पुर्याएको छ।