८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ । मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । 

गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले बताउनुभयो । अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते हुनुभएको छ । ढुङ्गा प्रहारबाट ढाड, हातमा चोट लागेको वडाध्यक्ष राईले बताउनुभयो । 

ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई प्रयोग गर्ने बा१व १४५३ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको राईले बताउनुभयो । वडाध्यक्ष राई गाउँपालिकाबाट मोटरसाइकलमा घर फर्किने क्रममा अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको थियो । वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।  

चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढुङ्गा प्रहार गरिएको घटनाको भत्र्सना गरेको छ । मङ्गलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको हो । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने बताइएको छ । 

लोकतान्त्रिक शासन पद्धतिमा नागरिकको माग लोकतान्त्रिक ढङ्गले सम्बोधन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि साङ्घातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ ।